गोकर्णेश्वरको कार्यपालिका निर्वाचन शुक्रबार

काठमाडौं। गोकर्णेश्वर नगरपालिकाको कार्यपालिकाको निर्वाचन शुक्रबार (१३ जेठ) हुने भएको छ।

नेपालभ्युज

गोकर्णेश्वरको कार्यपालिका निर्वाचन शुक्रबार

काठमाडौं। गोकर्णेश्वर नगरपालिकाको कार्यपालिकाको निर्वाचन शुक्रबार (१३ जेठ) हुने भएको छ।

नगर कार्यपालिकाको निर्वाचनका लागि दुई दलले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत रञ्जु गौतमले राससलाई जानकारी दिइन्।

निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) ले उम्मेदवारी दर्ता गराएको छ। कार्यपालिकामा महिला सदस्य पाँच र दलित तथा अल्पसङ्ख्यक तीन पदका लागि निर्वाचन गर्न लागिएको हो। कार्यपालिका निर्वाचनका लागि ४७ जना मतदाता छन्।

कार्यपालिका निर्वाचनका लागि निर्वाचित नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्य मतदाता रहने व्यवस्था छ।

महिला सदस्य निर्वाचित नगरसभा सदस्यबाट उम्मेदवारी दिने व्यवस्था छ। दलित तथा अल्पसङ्ख्यकको उम्मेदवारी भने नगरसभा सदस्य बाहिरका नगर क्षेत्रका मतदाताबाट दिनुपर्छ। नगर कार्यपालिकामा नगर प्रमुख र उपप्रमुख, नौ ओटै वडाका अध्यक्ष रहने व्यवस्था छ।

गोकर्णेश्वर नगर प्रमुख कांग्रेस र उपप्रमुख एमालेले जितेको छ। पाँच वडाध्यक्ष एमाले, तीन वडाध्यक्ष कांग्रेस र एक वडाध्यक्ष स्वतन्त्रका उम्मेदवार निर्वाचित भएका छन्। गोकर्णेश्वरका निर्वाचित जनप्रतिनिधिले शपथ लिएर कार्यभार सम्हालिसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved