मधेश प्रदेशमा फेरि आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम फेरियो

प्रदेश सरकार स्थापना आन्तरिक मामिला तथा कानून मन्त्रालयको नाम मन्त्रालय विभाजनपछि कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय अलग गरिएको थियो। त्यसपछि आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय नाम राखिएको थियो।

नेपालभ्युज

मधेश प्रदेशमा फेरि आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम फेरियो

जनकपुरधाम। मधेश प्रदेश सरकारले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन गरेको छ।

आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले मन्त्रालयको नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय राखिएको जानकारी दिए। ७ जेठमा बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय राख्ने निर्णय गरेको उनले बताए।

मन्त्री साहले मन्त्रालयको अधिकारका लागि केन्द्र सरकारसँग नाम परिवर्तनबाट लडाइँ शुरु गरिएको बताए। उनले यस प्रदेशका नागरिकले सबै अधिकार प्राप्तिका लागि पहिले प्रदेश सरकार अधिकारसम्पन्न हुनुपर्ने भन्दै मन्त्रालयको नाम फेरिएको बताए।

मन्त्रालयको नाम कानूनबमोजिम परिवर्तन गरि राजपत्रमा प्रकाशित गरिएको सचिव रामकुमार महतोले जानकारी दिए।

प्रदेश सरकार स्थापना हुँदा उक्त मन्त्रालयको नाम आन्तरिक मामिला तथा कानून मन्त्रालय थियो। पछि मन्त्रालय विभाजन हुँदा कानून, न्याय तथा प्रदेशसभा मामिलामन्त्रालय अलग गरिएको थियो। त्यसपछि आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय नाम राखिएको थियो।

नेकपा माओवादी केन्द्र प्रदेश सरकारमा सहभागी भएको एघार महीनापश्चात् मन्त्रालयको नाम परिवर्तन गरिएको हो।

मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री साहले मन्त्रिपरिषद्को निर्णयअनुसार नाम परिवर्तन गरी काम अनुसारकै मन्त्रालयको नाम गृह तथा सञ्चार मन्त्रालय राखिएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved