नेकपा एसका धनराजको पोखरामा जित सुनिश्चित

नेपालभ्युज

नेकपा एसका धनराजको पोखरामा जित सुनिश्चित

पोखरा। पाँच हजार हाराहारी मत गणना बाँकी नै रहँदा पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यले जित निकालेका छन्। गन्न बाँकी मतभन्दा बढी अन्तर कायम राख्दै उनले जित सुनिश्चित गरेका हुन्। पुरै मत गणना भइसकेपछि मात्र उनको जितले औपचारिकता पाउनेछ।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका आचार्य सत्ता गठबन्धनका तर्फबाट महानगरमा उम्मेदवार हुन्। पछिल्लो मत परिणाम अनुसार उनले ५४ हजार ३ सय ३७ मत हासिल गरिसकेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णबहादुर थापाले ४९ हजार ६ सय १ मत हासिल गरेका छन्।

मतान्तरका र गन्न बाँकी मतबिचको अन्तरका आधारमा आचार्यले पोखरा महानगरपालिकाको नेतृत्व गर्ने निश्चित भएको छ।
पोखराको उपमेयरमा भने मञ्जु देवी गुरुङले जित निकाल्ने भएकी छिन्। नेकपा एमालेका गुरुङले ५६ हजार ७ सय ४१ मत हासिल गरेकी छिन्। उनलाई पछ्याइरहेकी नेपाली कांग्रेसका कोपिला रानाभाटले ५२ हजार ६ सय ७० मत हासिल गरेकी छिन्।

३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी नै छ । आज बिहानसम्म एक महानगर, १० उपमहानगरसहित ७३४ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved