कैलालीमा ट्रयाक्टरको ठक्करबाट महिलाको मृत्यु, स्थानीय आन्दोलित

गौरीगंगा नगरपालिका–३ कुचौनीमा से१त ६८२७ नम्बरको ट्रयाक्टरको ठक्करबाट स्कुटर चालक लम्कीचुहा नगरपालिका–१ की ३० वर्षीया सविता कलेलको घटनास्थलमै मृत्यु भएको हो।

नेपालभ्युज

कैलालीमा ट्रयाक्टरको ठक्करबाट महिलाको मृत्यु, स्थानीय आन्दोलित
सांकेतिक तस्वीर।

धनगढी। कैलालीमा ट्रयाक्टरले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।

गौरीगंगा नगरपालिका–३ कुचौनीमा से१त ६८२७ नम्बरको ट्रयाक्टरको ठक्करबाट स्कुटर चालक लम्कीचुहा नगरपालिका–१ की ३० वर्षीया सविता कलेलको घटनास्थलमै मृत्यु भएको हो।

कलेलको मृत्युले स्थानीय आन्दोलित बनेका छन्। चौमाला क्षेत्रमा मृतकका आफन्त तथा स्थानीयले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका थिए। आन्दोलित स्थानीयलाई शान्त पार्न प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियाे।

अहिले अवरुद्ध राजमार्ग खुलाइएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved