ट्याक्टरको ठक्करबाट महिलाको मृत्यु, स्थानीय गरे राजमागर्ग अवरुद्ध

नेपालभ्युज

ट्याक्टरको ठक्करबाट महिलाको मृत्यु, स्थानीय गरे राजमागर्ग अवरुद्ध

धनगढी। कैलालीमा ट्याक्टर र स्कुटर ठोक्किँदा एक महिलाको मृत्यु भएको छ। महिलाको मृत्यु भएपछि जिल्लाको गौरीगंगा नगरपालिकास्थित चौमाला क्षेत्रमा स्थानीय आन्दोलित भएका छन्।

चौमाला क्षेत्रमा मृतकका आफन्त तथा स्थानीयले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका थिए। तर, अहिले राजमार्ग खुलाइएको प्रहरीले जनाएको छ। आन्दोलित स्थानीयलाई शान्त पार्न प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको जनाएको छ।

प्रहरीका अनुसार जिल्लाको गौरीगंगा नगरपालिका ३ कुचौनीमा से१त ६८२७ नम्बरको ट्याक्टर र सुपप्र ०१ ००८ प १७८३ नम्बरको स्कुटर ठोक्किएका थिए। दुर्घटनामा स्कुटर चालक लम्कीचुहा नगरपालिका १ की ३० वर्षीया सविता कलेलको घटनास्थलमै मृत्यु भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved