काठमाडौं महानगर : बालेनको फराकिलो अग्रता, केशव र सिर्जनाले कटाए १५ हजार मत

बालेनले २८ हजार ६६२ मतसहित अग्रता कायम राखेका हुन्।

नेपालभ्युज

काठमाडौं महानगर : बालेनको फराकिलो अग्रता, केशव र सिर्जनाले कटाए १५ हजार मत

काठमाडौं। काठमाडौं महानगरपालिकामा प्रमुख दलका उम्मेदवारले १५ हजार मतको आँकडा पार गरेका छन्। महानगरमा नेकपा एमालेका उम्मेदवार केशव स्थापित र पाँच दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १५ हजार मत पाएका हुन्।

पछिल्लो तथ्यांकअनुसार एमालेका स्थापितले १५ हजार ३५९ मत पाएका छन्। गठबन्धनकी उम्मेदवार सिर्जनाले १५ हजार ५७ मत पाएकी छन्।

महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले फराकिलो अग्रता कायम राखेका छन्। उनले २८ हजार ६६२ मतसहित अग्रता कायम राखेका हुन्।

अहिलेसम्म विभिन्न १८ ओटा वडाहरुको ७५ हजार ४२१ मतगणना भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved