मधेशकी पहिलो महिला मेयर साह गठबन्धनलाई हराउँदै पुन:निर्वाचित

नेपालभ्युज

मधेशकी पहिलो महिला मेयर साह गठबन्धनलाई हराउँदै पुन:निर्वाचित

जनकपुरधाम। रौतहटको मौलापुर नगरपालिकाको मेयरमा नेकपा एमालेकी उम्मेदवार रीनाकुमारी साह पुन: निर्वाचित भएकी छन्।

गठबन्धनका रामप्रवेश यादवलाई झण्डै दोब्बर मतले पराजित गरेर उनी मेयरमा निर्वाचित भएकी हुन्। साहले ५ हजार ५ सय ६४ मत पाएकी छन्।

उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार रामप्रवेश यादवले ३ हजार ६२ मत प्राप्त गरे। साहले यादवलाई २ हजार ५ सय २ मतले पराजित गरेकी हुन्।

अघिल्लो निर्वाचनमा साह १ सय ३६ ओटा स्थानीय तह रहेको मधेश प्रदेशमा एक मात्र महिला मेयरको रूपमा निर्वाचित भएकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved