उपमहानगरमा माओवादीले खोल्यो खाता, जितपुरसिमरामा एमाले पराजित

उपमेयर भने एमालेको भागमा

नेपालभ्युज

उपमहानगरमा माओवादीले खोल्यो खाता, जितपुरसिमरामा एमाले पराजित

बारा। जितपुर सिमरा उपमहानगरपालिकामा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका राजन पौडेल निर्वाचित भएका छन्।

उनले नेकपा एमालेकी सरस्वतीदेवी चौधरीलाई हराए। पौडेलले १८ हजार ७ सय ४३ मत पाउँदा चौधरीले १७ हजार ७ सय ७९ मत ल्याइन्।  निकै प्रतिस्पर्धात्मक बनेको यो उपमहानगरपालिकामा पौडेलले चौधरीलाई ९६४ मतले हराए।

त्यस्तै यहाँ उपमेयरमा भने नेकपा एमालेका भोलाप्रसाद अधिकारी विजयी भएका छन्। नेपाली कांग्रेसकी मेघा शााहीलाई हराउँदै उनी विजयी भए। अधिकारीले १७ हजार ४ सय ९२ मत पाउँदा शाहीले भने १५ हजार ८ सय ४२ मत ल्याइन्।

जितपुर सिमरामा यसअघि २०७४ सालको निर्वाचनमा नेकपा एमालेले जितेको थियो।

माओवादीले यहाँ ४ ओटा मात्र वडा जितेको छ। एमालेले १३ वटा वडा जितेको छ भने कांग्रेसले ५ वटा वडा जित्न सफल भएको छ। यस्तै लोसपा र नेकपा एकीकृत समाजवादीले १/१ वटा वडा जितेको छ।

सत्ता गठबन्धनबाट नेकपा माओवादीको भागमा दुई वटा उपमहागनरपालिका परेका थिए। जसमा माओवादी जित निकाल्न सफल भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved