बालेनको अग्रता कायमै, सिर्जनाले घटाइन् स्थापितसँगको मतान्तर

नेपालभ्युज

बालेनको अग्रता कायमै, सिर्जनाले घटाइन् स्थापितसँगको मतान्तर

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहको अग्रता कायम रहेको छ। राति ८ बजेसम्मको पछिल्लो परिणामअनुसार काठमाडौं महानगरको ४३ हजार ८४७ मत गणना सकिँदा बालेनले १६ हजार ७७४ मतसहित अग्रता कायम राखेका छन्।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापित ७ हजार ९२९ मतले पछाडि छन्। स्थापितले ८ हजार ८४८ मत पाएका छन्।

यसअघि स्थापितभन्दा एक हजारभन्दा बढी मतले पछाडि रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले मतान्तर घटाएकी छन्। हाल सिर्जना र स्थापितबीचको मतान्तर ७८४ रहेको छ। सिर्जनाले हालसम्म ८ हजार ६१ मत प्राप्त गरेकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved