तमलोपाले मधेशमा खोल्यो खाता, महोत्तरी गाउँपालिका प्रमुखमा पाण्डे निर्वाचित

नेपालभ्युज

तमलोपाले मधेशमा खोल्यो खाता, महोत्तरी गाउँपालिका प्रमुखमा पाण्डे निर्वाचित

काठमाडौं। महोत्तरीकाे महोत्तरी गाउँपालिकाको अध्यक्षमा तमलोपाले जित हासिल गरेकाे छ।

तमलोपाका उम्मेदवार दिलीपकुमार पाण्डे दुई हजार ३३६ ल्याएर अध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार अजयजंग रायले दुई हजार २०८ मत ल्याए। तमलोपाको पालिका प्रमुखमा यो पहिलो जित हो।

उपाध्यक्षमा भने जनता समाजवादी पार्टीकी दीपोदेवी पासवन विजयी भएकी छन्। उनले दुई हजार ६४ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी तमलोपाकी ललितादेवी साहले एक हजार ९९१ मत प्राप्त गरेकी छन्।


Comment

One thought on “तमलोपाले मधेशमा खोल्यो खाता, महोत्तरी गाउँपालिका प्रमुखमा पाण्डे निर्वाचित

  1. समाचार लेखनमा शुद्धा शुद्धि छैन , कही लोसपा त कही तमलोपा यो के हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved