घट्यो सुनचाँदीको मूल्य

नेपालभ्युज

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं। आज छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेर ९५ हजार ८०० रुपैयाँ तोकिएको छ।

छापावाल सुन अघिल्लो दिन प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार २०० रुपैयाँ थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार २५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१२ डलर आसपास कारोबार भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved