ललितपुरको वाग्मतीमा दोहोरिए कांग्रेसका वीरबहादुर

ललितपुरको वाग्मती गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका वीरबहादुर लोप्चन नै दोहोरिएका छन्। उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का भक्तबहादुर दर्लामी निर्वाचित भएका छन्।

नेपालभ्युज

ललितपुरको वाग्मतीमा दोहोरिए कांग्रेसका वीरबहादुर

ललितपुर। ललितपुरको वाग्मती गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका वीरबहादुर लोप्चन नै दोहोरिएका छन्। उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का भक्तबहादुर दर्लामी निर्वाचित भएका छन्।

लोप्चनले चार हजार ९०९ मत पाउँदा उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का नवराज सञ्जेलले चार हजार ५३ मत पाए।
गाउँपालिका उपााध्यक्षमा माओवादी केन्द्रका भक्तबहादुर दर्लामी चार हजार ६९२ मत ल्याएर विजयी भए। नेकपा एमालेका नमूना दोङले तीन हजार ७०० मत प्राप्त गरिन्।

पालिकाका सात वडामध्ये पाँच वडामा कांग्रेस र एक वडामा एमाले र एक वडामा माओवादी केन्द्रका अध्यक्ष निर्वाचित भए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved