रोल्पाको सुनछहरीमा कांग्रेस–एमाले गठबन्धनलाई पराजित गर्दै माओवादी विजयी

नेपालभ्युज

रोल्पाको सुनछहरीमा कांग्रेस–एमाले गठबन्धनलाई पराजित गर्दै माओवादी विजयी

काठमाडौं। रोल्पाको सुनछहरी गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का धनबहादुर पुनमगर विजयी भएका छन्।

उनले तीन हजार ४३९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार चन्द समूहका नेता पुस्तन घर्तीमगरले एक हजार ५२३ मत पाए। पुस्तन नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पूर्व जिल्ला सचिव हुन् भने अध्यक्ष निर्वाचित पुन नेपाल मगर संघका नेता हुन्।

उपाध्यक्षमा माओवादी केन्द्रकै ननकला घर्तीमगरले तीन हजार ४९२ मत ल्याएकी छिन्। उपाध्यक्ष पदमा उनका प्रतिद्वन्द्वी कांग्रेसका कोबहादुर बुढामगरले १ हजार ६ सय ११ मत ल्याएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved