बाँसगढी नगरपालिकाको मेयर र उपमेयर दुवै एमालेलाई

नेपालभ्युज

बाँसगढी नगरपालिकाको मेयर र उपमेयर दुवै एमालेलाई

बर्दिया। बर्दियाको बाँसगढी नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। मेयरमा खडगबहादुर खड्का १० हजार ६१ मतसहित विजयी भए।

उनका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार भवनकुमार थारुले ८ हजार ५७७ मत ल्याए। तेस्रोमा नेपाली कांग्रेसका ६ हजार ७११ मत प्राप्त गरे।

यसैगरी उपमेयरमा पनि नेकपा एमालेकै इन्दिरा चौधरी विजयी भएकी छन्। चौधरीले ९ हजार ६९९ मत ल्याउँदा प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका भोमी विटालुले ७ हजार ४३६ र नेकपा कांग्रेसका उम्मेदवार आकाश थारुले ७ हजार १५१ मत प्राप्त गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved