दाङको तुलसीपुर–१७ मा आज मतदान

नेपालभ्युज

दाङको तुलसीपुर–१७ मा आज मतदान

काठमाडौँ। नेकपा एमालेका तर्फबाट तुलसीपुर उपमहानगरपालिका १७ मा अध्यक्षका उम्मेदवार लवरु चौधरीको निधनका कारण स्थगित भएको मतदान मंगलबार बिहानदेखि शुरु भएको छ।

निर्वाचनमा वडाध्यक्ष पदका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका थलराज पुरी, नेकपा एमालेका तर्फबाट स्वर्गीय लवरु चौधरीका छोरा प्रदिप चौधरी र स्वतन्त्र उम्मेदवार डिल्लीराज शर्मा अध्यक्षका प्रत्याशी बनेका छन्।

अहिलेसम्म १३ प्रतिशत मत खसेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायण भण्डारीले बताए। उक्त वडामा जम्मा ६ हजार १ सय १७ मतदाता रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved