मिथिला नगरपालिका : ४ ओटा वडाको मत गनेर सकियो, कांग्रेस २ ओटामा विजयी

एमाले र नेकपा एस १-१ वटामा विजयी

नेपालभ्युज

मिथिला नगरपालिका : ४ ओटा वडाको मत गनेर सकियो, कांग्रेस २ ओटामा विजयी

जनकपुरधाम। धनुषाको मिथिला नगरपालिकामा सोमबार बिहानसम्म चार वटा वडाको मतगणना सम्पन्न भइसकेको छ। वडा नं १, २, ३ र ४ को मतगणना सम्पन्न भएको हो। सम्पन्न मतगणनाअनुसार २ वडामा कांग्रेसले जित निकाल्न सफल भएको छ भने एमाले र नेकपा एसले १-१ वडामा जितेका छन्।

वडा नम्बर १ मा नेपाली कांग्रेसबाट वडाध्यक्षमा जोगी महतो प्लानसहित निर्वाचित भएका छन्। जोगी ७७ मतान्तरले निर्वाचित भएका हुन्। नेपाली कांग्रेस मिथिला नगरपालिकाको नगर सभापतिसमेत रहेका जोगीेले ७३५ मत पाएका छन्। उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मी महतोले ६५७ मत पाए।

महतो निर्वाचित भएको वडा एमालेका मेयर उम्मेदवार राजाराम महतोको गाउँ हो। यस वडामा अधिल्लो पटक एमालेका लक्ष्मी महतो वडाध्यक्षमा विजयी भएका थिए।

वडा नम्बर २ नेकपा एकीकृत समाजवादीबाट वडाध्यक्षमा बिहारी महतो निर्वाचित भएका छन्। बिहारी १३६ मतान्तरले निर्वाचित भएका हुन्। उनले एक हजार १२९ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार मनोजकुमार सिंहले ९९३ मत पाएका छन्।

नेकपा एकीकृत समाजवादीबाट वडाध्यक्षमा निर्वाचित बिहारीले यसअघि नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। वडा नम्बर २ एकीकृत समाजवादीका केन्द्रय स्थायी सदस्य तथा मधेश प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री सत्रुधन महतोको गृह वडा पनि हो।

वडा नम्बर ३ मा नेकपा एमालेबाट वडाध्यक्षमा रामएकवाल महतो निर्वाचित भएका छन्। रामएकवाल १५० मतान्तरले निर्वाचित भएका हुन्। रामएकवाल यसअघि नेकपा माओवादीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

उनले एक हजार ६९ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामउद्गार महताले ९१९ मत पाएका छन्। वडा नं। ३ मा जम्मा दुई हजार ६१९ मत खसेको थियो।

धनुषाको मिथिला नगरपालिका वडा नम्बर ४ मा नेपाली कांग्रेस प्यानलसहित निर्वाचित भएका छन्। कांग्रेसबाट वडाध्यक्ष उम्मेदवार चन्द्रबहादुर बुलन तामाङसहित सम्पूर्ण सदस्यहरु निर्वाचित भएका हुन्।

चन्द्रबहादुर ५५ मतान्तरले निर्वाचित भएका छन्। उनको निकटतम प्रतिद्वन्द्वीमा नेकपा एमालेका विष्णु खदाल थिए। खदाल अघिल्लो पटक एमालेबाट वडाध्यक्षमा विजयी भएका थिए। विजयी भएका कांग्रेसलाई मौन अवधिको अघिल्लो दिन जनता समाजवादी पार्टी नेपाल र नेकपा माओवादी केन्द्र बीच स्थानीय तहमा बनेको चुनावी गठबन्धनले समर्थन गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved