मदाने गाउँपालिका अध्यक्षमा १० मतान्तरले कांग्रेस विजयी

नेपालभ्युज

मदाने गाउँपालिका अध्यक्षमा १० मतान्तरले कांग्रेस विजयी

तम्घास। गुल्मीको मदाने गाउँपालिकामा १० मतान्तरले गठबन्धनबाट नेपाली कांग्रेसका महेन्द्र कुँवर अध्यक्षमा निर्वाचित भएका छन्।

सोमबार दिउँसो आएको मत परिणाम अनुसार कुँवरले चार हजार ७०७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रेम केसीले चार हजार ६९७ मत प्राप्त गरेका छन्।

उपाध्यक्षमा भने एमालेकी सरीता खड्काले जीत हासिल गरेकी छिन्। खड्काले चार हजार ५६५ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाटै नेकपा (माओवादी केन्द्र) का वेगम चन्दले चार हजार २११ मत प्राप्त गरेका छन्।

गाउँपालिकाका सात वडामध्ये १, ३, ४, ६ र ७ वडामा कांग्रेस एवम् वडा नं २ र ७ वडामा एमालेले वडाध्यक्ष जितेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved