भक्तपुर नगरपालिकामा नेमकिपाबाहेक सबै उम्मेदवारको जमानत जफत

नेपालभ्युज

भक्तपुर नगरपालिकामा नेमकिपाबाहेक सबै उम्मेदवारको जमानत जफत

काठमाडौं। भक्तपुर नगरपालिकाको प्रमुख र उप्रमुख पदमा अत्यधिक मतसहित नेपाल मजदुर किसान (नेमकिपा) पार्टी विजयी भएको छ।सोमबार बिहान सम्पन्न मतगणना अनुसार प्रमुखमा २९ हजार दुई सय मतसहित नेमकिपाका उम्मेदवार सुनिल प्रजापति दाेहाेरिएका हुन्।

नेमकिपाले क्लिन स्वीप गरेको यस नगरपालिकामा अन्य दलका मेयर उम्मेदवारले जमानत पनि जोगाउन सकेनन्।

मेयरमा निर्वाचित प्रजापतिले २९ हजार बढी मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामचन्द्र कासुला तीन हजार ३५२ मतमै सीमित रहे। त्यस्तै नेकपा एमालेका रवीन्द्र लाछिमस्यूले दुई हजार ८३७, राप्रपाका बद्री लाखाजुले एक हजार १३८ मत पाए।

माओवादी केन्द्रका तुल्सीभक्त सुवालले ७४२, राष्ट्रिय जनमोर्चाका रामभक्त किजुले ४१४ र जनता समाजवादी पार्टीका राजाराम ढुकुछुले १२१ मत पाएका प्राप्त गरेका छन्। भक्तपुरमा नेमकिपाले शानदार जित निकाल्दा अन्य दललाई जमानत जोगाउनै मुश्किल परेको छ।

यस्तै उपप्रमुखमा नेकमकिपाकी उम्मेदवार रजनी जोशी २९ हजार ६९५ मतले विजयी भएकी छिन्। उनले २९ हजार बढी मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रञ्जना खर्बुजाले दुई ७८४, नेकपा एकीकृत समाजवादीका ओमचरण अमात्यले एक ७४२, राप्रपाकी लक्ष्मी छुस्याबागले एक १८० मत प्राप्त गरिन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved