भरतपुरमा आजै मध्यरातिदेखि मतगणना हुने

नेपालभ्युज

भरतपुरमा आजै मध्यरातिदेखि मतगणना हुने

चितवन। चितवनको भरतपुर महानगरपालिकामा मध्यरातिदेखि मतगणना शुरु हुने भएको छ। शुक्रबार राति ९ बजे सर्वदलीय बैठक बोलाइएको मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले बताए।

मतपेटिका संकलन गरेर सर्वदलीय बैठक बसेपछि आजैदेखि मतगणना शुरु गर्ने तयारी गरिएको जानकारी उनले दिए।

भरतपुरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रबाट निवर्तमान मेयर रेनु दाहाल, नेकपा एमालेका विजय सुवेदी र नेपाली कांग्रेसबाट जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन्।

भरतपुरमा एक लाख ८५ हजार ७५२ मतदाता रहेका छन्।

मतगणना अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्रमा हुनेछ । मतगणनाका लागि मतगणनास्थलमा तारजाली लगाउनुका साथै सीसीटीभी पनि जडान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved