बिनापास चलाइएका १ सय सवारीसाधन नियन्त्रणमा

नेपालभ्युज

बिनापास चलाइएका १ सय सवारीसाधन नियन्त्रणमा
फाइल तस्वीर

हेटौंडा। मकवानपुर जिल्लामा बिना पास चलाइएको एक सय वटा सवारी प्रहरीले नियन्त्रणमा लिएको छ।

स्थानीय तह निर्वाचनको दिन बिना पास सवारी चलाउने ९० वटा दुई पाङ्ग्रे र १० वटा चार पाङ्ग्रे गरी १०० वटा सवारी साधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

उनीहरूलाई होल्डमा लिएर कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए।

मकवानपुरमा शान्तिपूर्ण तरिकाले निर्वाचन भएको र कुनै पनि अप्रिय घटना नघटेको प्रवक्ता कार्कीले बताए। जिल्लामा रहेका केही मतदान केन्द्रहरूमा मतदान सकिएपनि प्रायः मतदान केन्द्रहरूमा पाँच बजेभित्र लाइनमा बसेकाहरूले मतदान गरिरहेका मकवानपुरका सहायक निर्वाचन अधिकृत सागर शर्माले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved