काठमाडौं महानगरका मेयर बालेनले रद्द गरे सिंगापुर भ्रमण

नेपालभ्युज

काठमाडौं महानगरका मेयर बालेनले रद्द गरे सिंगापुर भ्रमण

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंगापुर भ्रमण रद्द गरेका छन् ।

मेयर शाहले भ्रमणमा नजाने निर्णय गरेको उनका स्वकीय सचिव भूपदेवले जानकारी दिए।

सिंगापुरमा जेठ २०-२२ गतेसम्म हुने नवौं वर्ल्ड सिटी समिटमा भाग लिन मन्त्रिपरिषद्को स्वीकृति माग गरिएपनि कार्यव्यस्तताका कारण नजाने निर्णय गरिएको उनले जनाए  ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले  मेयर शाहको सिंगापुर भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved