मतदाता नामावली च्यातिएपछि महोत्तरीको बलवामा गोली चल्यो

नेपालभ्युज

मतदाता नामावली च्यातिएपछि महोत्तरीको बलवामा गोली चल्यो
प्रतिकात्मक तस्वीर ।

जनकपुरधाम। महोत्तरीको बलवा नगरपालिकामा गोली चलेको छ। स्थानीय तहको निर्वाचनअन्तर्गत भइरहेको मतदानको क्रममा जिल्लाको बलवा नगरपालिका–५ को मतदानस्थलमा विवाद हुँदा प्रहरीले एक राउण्ड गोली प्रहार गरेको हो।

बलवा–५ स्थित मनसिव महावीर आधारभूत विद्यालयमा रहेको केन्द्रमा जनता समाजवादी पार्टीबाट वडा नं ५ का उम्मेदवार धमेन्द्र यादवले रुजु गर्न राखिएको मतदाता नामावली च्यातिएपछि विवाद भएको थियो।

विवादले उग्ररूप लिने देखिएपछि भिडलाई तितरवितर गर्न सुरक्षाकर्मीले एक राउण्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

अहिले विवाद समाधान भएर मतदान भइरहेको उनले बताए। यस्तै, जिल्लाको बाँकी मतदानस्थलमा अहिलेसम्म शान्तिपूर्ण रूपले मतदान भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved