सुनसान बन्यो जमुनाहा नाका

नेपालभ्युज

सुनसान बन्यो जमुनाहा नाका

नेपालगञ्ज। सधैँ चहलपहल र भीडभाड देखिने बाँकेस्थित नेपाल-भारत सीमानाको जमुनाहा यतिबेला सुनसान छ। मंगलबार मध्यरातबाट बन्द भएको नेपाल भारत सीमानाका आवतजावतमा रोक लगाएपछि सुनसान देखिएको हो।

नेपालमा शुक्रबार (३० वैशाख) हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी नेपाल-भारत सीमानाका ७२ घण्टाका लागि बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए। उनले नेपाल-भारत नाका ३० वैशाख राति १२ बजेपछि सञ्चालनमा आउने बताए।

स्थानीय तह निर्वाचनलाई स्वच्छ, निश्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भारतसँग सीमा जोडिएका सीमानाका बन्द हुने उनले बताए। निर्वाचनलाई असर गर्ने मनसायले भारतबाट साना हतियार ओसार पसार हुन सक्ने सम्भावनालाई मध्यनजर गरि नाकामा कडाई गरिएको प्रशासनले जनाएको छ।

स्थानीय तह निर्वाचनका लागि बाँकेमा ४ हजार बढी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ।

बाँकेमा १ सय ३६ मतदान केन्द्र र ३ सय ७९ मतदान स्थल रहेका छन। बाँकेका १ सय ३६ मतदान केन्द्र मध्ये १ सय ६ मतदान केन्द्र अति नै संबेदनशिल भएको र ३० मतदान केन्द्र संबेदनशिल रहेको सुरक्षा विश्लेषण गरी त्यसै अनुरूप सुरक्षा प्रबन्ध मिलाईएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved