बायाँबाट ओभरटेक गर्दा टिप्परले ठक्कर दियो मोटरसाइकललाई, चालकको मृत्यु

काठमाडौँको कलङ्कीमा टिप्परसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

नेपालभ्युज

बायाँबाट ओभरटेक गर्दा टिप्परले ठक्कर दियो मोटरसाइकललाई, चालकको मृत्यु
सांकेतिक तस्वीर।

काठमाडौं। काठमाडौँको कलङ्कीमा टिप्परसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। गएराति ३ बजेतिर थानकोटबाट स्वयम्भू तर्फ जाँदै गरेको टिप्परसँग सोही दिशामा जाँदै गरेको मोटरसाइकल ठोक्किएको हो।

बा ५ख ७३४५ नम्बरको टिप्परसँग सोही दिशामा जाँदै गरेको बा.८० प ६३७३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो।

दुर्घटनामा परेर मोटरसाइकल चालक धादिङको धुनिवेशी नगरपालिका–२ घर भएका दिवाकर अधिकारीको मृत्यु भएको छ।

टिप्पर चालक धादिङको थाक्रे–१० घर भएका लिलाबहादुर तामाङलाई पक्राउ गरिएको प्रहरी वृत्त कालिमाटीले जनाएको छ।

बायाँ दिशाबाट ओभरटेक गर्न खोज्दा मोटरसाइकललाई टिप्परको पछाडिको चक्काले ठक्कर दिएको जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved