कैलालीमा गठबन्धनले ‘बागी’लाई कारबाही गर्ने

नेपालभ्युज

कैलालीमा गठबन्धनले ‘बागी’लाई कारबाही गर्ने

धनगढी। कैलालीमा तीनदलीय गठबन्धनले बागी उम्मेदवारी दिनेमाथि कारबाही गर्ने निर्णय गरेको छ। आसन्न स्थानीय तहको निर्वाचनका लागि तीनदलीय गठबन्धनमा सहभागी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले संयुक्त रुपमा यस्तो निर्णय गरेका हुन्।

सोमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै तीनदलीय गठबन्धनले पार्टीका सदस्य तथा नेता, कार्यकर्ता रहेर पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनेहरूमाथि कारबाही गर्ने निर्णय गरिएको जानकारी गराएको छ।

गठबन्धनले नेकपा एस ‍चुरे गाउँपालिका उपाध्यक्ष पदकी उम्मेदवार कृष्ण कुमार खत्री, नेपाली कांग्रेसले कैलारी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार राजसमझ चौधरी, जोशीपुर गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार किरण चौधरी र माओवादी केन्द्रका चुरे गाउँपालिका अध्यक्ष पदका उम्मेदवार टेकबहादुर रजबार, उपाध्यक्ष पदका उम्मेदवार डिला सिजापतिलाई आधिकारिक उम्मेदवार नरहेको बताएको हो।

यस्तै माओवादी केन्द्रकै कैलारी गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार लक्ष्मी सत्गौवा थारू, गोदावरी नगरपालिकाका मेयर पदका उम्मेदवार विक्रम विश्वकर्मा र उपप्रमुख रिमा खड्का पनि आधिकारिक उम्मेदवार नभएको जनाएको छ।

गठबन्धन दलहरूको निर्णयअनुरूप नै आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक गठबन्धन दलका उम्मेदवारहरूलाई पालिका तहमा सघाउन अपिल गरेको छ। राष्ट्रिय जनमोर्चा नेपाल र जनता समाजवादी पार्टीसँग वडा तहमा मित्रवत् प्रतिस्पर्धा गर्ने पनि जनाएको छ।

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved