स्वच्छ, निष्पक्ष र धाँधलीरहित चुनाव गराउन दुवै आईजीपीलाई गृहमन्त्रीको निर्देशन

भेटमा गृहमन्त्री खाँणले दुवै महानिरीक्षकको सफल कार्यकालको शुभकामना व्यक्त गरे।

नेपालभ्युज

स्वच्छ, निष्पक्ष र धाँधलीरहित चुनाव गराउन दुवै आईजीपीलाई गृहमन्त्रीको निर्देशन
फाइल तस्वीर

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षकद्वय धीरजप्रताप सिंह र राजु अर्यालको कार्यकालमा मुलुकको शान्ति सुरक्षा सबल र सुदृढ बन्ने अपेक्षा सरकारको रहेको बताएका छन्।

महानिरीक्षकको पदभार ग्रहणपछि मन्त्रालयमा भएको भेटमा महानिरीक्षकद्वयलाई गृहमन्त्री खाणले ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहितरूपमा सम्पन्न गर्न आवश्यक तयारीका साथ लाग्न निर्देशन दिए।

भेटमा गृहमन्त्री खाँणले दुवै महानिरीक्षकको सफल कार्यकालको शुभकामना व्यक्त गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved