स्थानीय तह स्वायत्त हुन सकेन’

स्थानीय तह आफैमा एउटा सरकार भएकाले स्थानीय तह आफैले निर्वाचन गराउन सक्नुपर्नेमा अहिले पनि केन्द्रकै भर पर्नुपरेको श्रेष्ठको भनाइ छ।

स्थानीय तह स्वायत्त हुन सकेन’

हेटौँडा। मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाका मुख्य निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले स्थानीय तहको निर्वाचन स्वायत्त हुन नसकेको बताएका छन्।

आइतबार सञ्चारिका समूह मकवानपुरले आयोजना गरेको पत्रकार महिलालाई अभिमुखीकरण कार्यक्रममा बोल्दै श्रेष्ठले अझै पनि स्थानीय तहको निर्वाचनमा केन्द्रको भर पर्नुपरेको बताएका हुन्।

स्थानीय तह आफैमा एउटा सरकार भएकाले स्थानीय तह आफैले निर्वाचन गराउन सक्नुपर्नेमा अहिले पनि केन्द्रकै भर पर्नुपरेको श्रेष्ठको भनाइ छ।

निर्वानको मिति नजिकिँदै गर्दा सबै दल तथा सर्वसाधारणले आचारसंहिता पालना गर्नुपर्नेमा श्रेष्ठले जोड दिए।

“सबैबाट सबैका लागि आचारसंहिता पालना गर्नुपर्दछ,” श्रेष्ठले भने, “निर्वाचन भनेको समाज रुपान्तरणको प्रकृया हो, मतदान गर्दा सबैले विचार पु¥याउन जरुरी छ।”

निर्वाचनमा खटिने कर्मचारीहरुको व्यवस्थापन भइरहेको पनि श्रेष्ठले बताए।

अभिमुखीकरण कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान अध्यक्ष प्रताप बिष्ट र सञ्चारिका समूह बागमती प्रदेशकी अध्यक्ष सरिता दाहालले सहजीकरण गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved