थप १४ जनामा कोरोना संक्रमण

शून्य संक्रमित हुने जिल्ला ३० पुगेका छन्। नेपालमा संक्रमण दर १७.४ प्रतिशत छ। नेपालमा प्रतिदश लाखमा ३९३.४ जनाको निधन भएको छ।

नेपालभ्युज

थप १४ जनामा कोरोना संक्रमण

काठमाडौं। पछिल्लो दिन १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनका अनुसार दुई हजार ७७१ जनामा परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको छ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमित २४३ जना रहेका छन्। पछिल्लो समय १९ जना संक्रमणमुक्त भएका छन्।

यससँगै संक्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ६१२ पुगेको छ। यो दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

शून्य संक्रमित हुने जिल्ला ३० पुगेका छन्। नेपालमा संक्रमण दर १७.४ प्रतिशत छ। नेपालमा प्रतिदश लाखमा ३९३.४ जनाको निधन भएको छ।

हाल होम आइसोलेशनमा २३७, संस्थागत आइसोलेशनमा ६ जना र सघन उपचारकक्षमा एक जनाको उपचार भइरहेको छ।

विगत २४ घण्टामा दुई लाख नौ हजार ५६ जनाले खोप लगाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved