रेनु दाहालविरुद्ध बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेल कांग्रेसबाट निष्काशित

नेपालभ्युज

रेनु दाहालविरुद्ध बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेल कांग्रेसबाट निष्काशित

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा गठबन्धनको निर्णय तत्याउँदै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेस नेता जगन्नाथ पौडेल पार्टीबाट निष्काशित भएका छन्। बागी उम्मेदवारी फिर्ता नलिएपछि उनी पार्टीबाट निष्काशित भएका हुन्।

पौडेललाई फकाउन कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँणलगायतलाई चितवन पठाएका थिए। तर उनले उम्मेदवारी फिर्ता नलिने अडान राखेका थिए।

भरतपुरसहित देशभरका काग्रेसका बागीहरू पार्टीबाट निष्काशित

कांग्रेसले स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारहरू पार्टीको सधारण सदस्यसमेत नरहने गरी निष्काशित गरेको हो। पटक पटक पार्टीले गरेको आग्रहलाई लत्याउँदै उममेदवारी फिर्ता नलिएको भन्दै उनीहरूलाई पार्टीमा बस्ने अब कुनै नैतिक धरातल नरहेको जनाएको छ।

कांग्रेस मुख्यसचिव कृष्ण पौडेलले आज बिहानै विज्ञप्ति निकालेर ५ बजेसम्म बागी उम्मेदवार फिर्ता नभए स्वतः पार्टीको विधानअनुसार निष्काशन गर्ने जनाएको थियो। कांग्रेस नेता तथा गृहमन्त्री चितवन नै पुगेर कांग्रेसका बागी उम्मेदवार जग्गनाथ पौडेललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए।

तर उनले पनि शुक्रबार ५ बजेसम्म उम्मेदवारी फिर्ता लिएको छैन। यसैगरी जनकपुरमा कांग्रेसबाट विद्रोह गरेर नागरसभापति मनोज साहले दिएको उम्मेदवारी पनि फिर्ता भएको छैन।

कांग्रेसको विधानमा आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिए पार्टीको साधारण सदससमेत नरहने गरी पार्टीबट निष्काशित हुने व्यवस्था छ।

यो पनि पढ्नुहोस्

उम्मेदवारीबाट पछि हट्न जगन्ननाथ पौडेललाई राष्ट्रिय सभा सदस्य पद ‘प्रलोभन’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved