उम्मेदवारीबाट पछि हट्न जगन्ननाथ पौडेललाई राष्ट्रिय सभा सदस्य पद ‘प्रलोभन’

नेपालभ्युज

उम्मेदवारीबाट पछि हट्न जगन्ननाथ पौडेललाई राष्ट्रिय सभा सदस्य पद ‘प्रलोभन’

काठमाडौं। भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेललाई राष्ट्रिय सभा सदस्य पदको प्रलोभन आएको खुलेको छ।

सत्ता गठबन्धनबाट भरतपुर महानगरपालिका प्रमुख पद माओवादीको भागमा परेपछि उनले त्यसप्रति असन्तुष्टि व्यक्त गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन्। तर पौडेलले आफू मेयरको उम्मेदवारबाट कुनै हालतमा पछि नहट्ने भन्दै उम्मेदवारी फिर्ता नलिने अडान लिएका उनीनिकट स्रोतले जनाएको छ।

माओवादीबाट हालै राष्‍ट्रिय सभाको सभा सदस्य भएका नारायण दाहालको स्थानमा उनलाई राष्‍ट्रिय सभाको सभा सदस्य बनाउन प्रस्ताव आएको स्रोतले बताएको छ। दाहालले आजै बिहान पौडेललाई भेटेका थिए।

पौडेलले आफूलाई भरतपुरका हजारौं मतदाताको साथ रहेको बताइरहेका छन्। उनको उम्मेदवारी फिर्ता गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँणलाई भरतपुर नै पठाएका थिए। यसमा खाँण असफल भएका हुन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved