स्थानीय निर्वाचन : मोरङमा ८२९ पदका लागि ४,३६१ जनाको उम्मेदवारी

मोरङमा १७ प्रमुख तथा अध्यक्ष, १७ उपप्रमुख तथा उपाध्यक्ष, १५९ वडाध्यक्ष र ६३६ वडा सदस्यहरू गरि कुल ८२९ जना जनप्रतिनिधिहरू निर्वाचित हुनुपर्ने पद संख्या हो।

नेपालभ्युज

स्थानीय निर्वाचन : मोरङमा ८२९ पदका लागि ४,३६१ जनाको उम्मेदवारी

विराटनगर। आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका निम्ति मोरङमा ८२९ विभिन्न पदका लागि चार हजार ३६१ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

जिल्लाको १७ ओटा स्थानीय तहमा आवश्यक कुल ८२९ पदका लागि ४ हजार बढीकोे उम्मेदवारी परेको हो।

मोरङमा १७ प्रमुख तथा अध्यक्ष, १७ उपप्रमुख तथा उपाध्यक्ष, १५९ वडाध्यक्ष र ६३६ वडा सदस्यहरू गरि कुल ८२९ जना जनप्रतिनिधिहरू निर्वाचित हुनुपर्ने पद संख्या हो।

तर, आइतबार र सोमबार दुई दिनमा आवश्यकताभन्दा ५ गुणा बढीले मनोनयन दर्ता गराएको विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार नौ प्रमुख पदको लागि ८६ जनाको उम्मेदवारी परेको छ।

यस्तै, आठ ओटा गाउँपालिका अध्यक्ष पदको लागि ६३ जनाको उम्मेदवारी परेको छ। उपप्रमुखमा ७७ र उपाध्यक्षमा ५२ जनाको उम्मेदवारी परेको कार्यालयको तथ्याङ्क छ।

तथ्याङ्कअनुसार वडाध्यक्षमा १ हजार १, महिला वडा सदस्यमा ७५४, दलित सदस्यमा ६९६ र खुल्ला सदस्यमा १ हजार ६३२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved