लेन्सबाट फोटोपत्रकारिता (तस्वीरहरू)

फोटो प्रदर्शनीको प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले संयुक्त रुपमा उद्घाटन गरे।

नेपालभ्युज

लेन्सबाट फोटोपत्रकारिता (तस्वीरहरू)

काठमाडौं। फोटो पत्रकार क्लब नेपालले लेन्सबाट फोटोपत्रकारिता विषयक फोटो प्रदर्शनी आयोजना गरेको छ । ९५ औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसको उपलक्ष्यमा काठमाडौंको वसन्तपुरमा आयोजित फोटो प्रदर्शनीमा फोटो पत्रकारहरुले फोटो पत्रकारिता गर्दा भोग्नु परेका चुनौती र जोखिम झल्काउने ३० ओटा फोटा राखिएको छ ।

फोटो प्रदर्शनीको प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले संयुक्त रुपमा उद्घाटन गरे।

उद्घाटन कार्यक्रममा काउन्सिलका अध्यक्ष बस्नेतले फोटो सत्य, तथ्य र निष्पक्ष हुुनुपर्ने भन्दै सबै पत्रकारहरुले पत्रकारको मूल्य मान्यता र आचारसंहिताअनुसार काम गर्नुपर्ने बताए। उनले फोटो पत्रकारहरुको सुरक्षालाई काउन्सिलले उच्च प्राथिमकतामा राख्ने र जोखिम न्यूनिकरणका लागि क्लबसँग सहकार्य गर्दै काम गर्ने बताए।

महासंघका अध्यक्ष पोख्रेलले फोटोले पाठकलाई थप आकर्षित र समाचारलाई थप विश्वसनीय बनाउने धारणा व्यक्त गर्दै पत्रकारिता पेशालाई सुरक्षित बनाउन सरकारले बनाउने कानून प्रेसमैत्री हुनुपर्नेमा जोड दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved