एमालेबाट ललितपुरमा व्यञ्जनकार र मञ्जलीको उम्मेदवारी दर्ता

नेपालभ्युज

एमालेबाट ललितपुरमा व्यञ्जनकार र मञ्जलीको उम्मेदवारी दर्ता

काठमाडौं। ललितपुर महानगरपालिकामा नेकपा एमालेबाट मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्यले उम्मेदवारी दर्ता गराएका छन्। सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन्।

२०७५ मा नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि उनले दुई वर्ष जिल्ला पार्टी अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। व्यन्जनकार हाल ललितपुर जिल्लाको सह इन्चार्ज हुन्।

व्यञ्जनकार नेकपा एमालेका केन्द्रीय सदस्य हुन्। उनी २०४८ सालमा नगर कमिटी सचिवको जिम्मेवारी पाएका उनी तत्कालीन समयमा टनकपुर सन्धिको विरोध गरेर चर्चामा आएका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved