मकवानपुरमा गठबन्धनको यस्तो छ भागबण्डा, एमालेले पनि टुंगो लगायो उम्मेदवार

नेपालभ्युज

मकवानपुरमा गठबन्धनको यस्तो छ भागबण्डा, एमालेले पनि टुंगो लगायो उम्मेदवार

हेटौंडा। मकवानपुर जिल्लामा पाँचदलीय गठबन्धनले भागबण्डा टुंगो लगाएको छ।

आइतबार बसेको प्रदेशस्तरीय गठबन्धनको बैठकले मकवानपुरका ९ ओटा स्थानीय तहको भागबण्डा मिलाएको हो। यसअघि हेटौंडा उपमहानगरपालिकाको मेयर नेकपा (एकीकृत समाजवादी) र उपमेयर नेपाली कांग्रेसले पाउने गरी टुंगो लागिसकेको छ।

आइतबारको बैठकबाट मकवानपुरका बाँकी ९ स्थानीय तहमध्ये पाँच ओटा कांग्रेसले पाउने सहमति भएको हो।

तीन ओटा पालिकामा माओवादी केन्द्र र एउटामा एकीकृत समाजवादीले अध्यक्ष पाउने भएको छ। चार ओटामा नेपाली कांग्रेसले उपप्रमुख पाउने भएको छ भने पाँच ओटामा नेकपा माओवादी केन्द्रले उपप्रमुख पाउने भएको छ।

थाहा नगरपालिकाको मेयर माओवादी केन्द्र र उपमेयर नेपाली कांग्रेसले पाउने गरी सहमति भएको छ। यस्तै, मकवानपुरगढी गाउँपालिकामा अध्यक्ष नेपाली कांग्रेस र उपाध्यक्ष नेकपा माओवादी केन्द्र, भीमफेदी गाउँपालिकामा अध्यक्ष नेकपा माओवादी केन्द्र र उपाध्यक्ष नेपाली कांग्रेस, इन्द्रसरोवर गाउँपालिकामा अध्यक्ष नेकपा एकीकृत समाजवादी र उपाध्यक्ष नेपाली कांग्रेस र मनहरीमा अध्यक्ष नेपाली कांग्रेस र उपाध्यक्ष नेकपा माओवादी केन्द्रले पाउने सहमति भएको छ।

यस्तै, राक्सिराङमा अध्यक्ष नेपाली कांग्रेस र उपाध्यक्ष नेकपा माओवादी केन्द्र, कैलाश गाउँपालिकामा अध्यक्ष नेपाली कांग्रेस र उपाध्यक्ष नेकपा माओवादी केन्द्र, बकैया गाउँपालिकामा अध्यक्ष नेपाली कांग्रेस र उपाध्यक्ष नेकपा माओवादी केन्द्र र बागमतीमा अध्यक्ष नेकपा माओवादी केन्द्र र उपाध्यक्ष नेपाली कांग्रेसले पाउने सहमति भएको छ।

एमालेले टुंग्यायो उम्मेदवार

नेकपा एमालेले मकवानपुरको बाँकी नौ ओटा स्थानीय तहको उम्मेदवारहरूको टुंगो लगाएको छ। हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयर भने केन्द्रीय कमिटिबाट शनिबार नै टुंगो लागेको हो।

एमाले जिल्ला कमिटीले गरेको सिफारिसका आधारमा बागमती प्रदेश कमिटीले उम्मेदवार टुंगो लगाएको हो।

एमालेले थाहा नगरपालिकाको मेयरमा अच्युतम ढकाल र उपमेयरमा कल्पना बलामीलाई उठाउने भएको छ।

बागमती गाउँपालिकामा अध्यक्षमा खेमराज जर्गामगर, उपाध्यक्षमा धनमाया स्याङ्तान, बकैया गाउँपालिकामा अध्यक्षमा सरला बोलखे, उपाध्यक्षमा लालबहादुर स्याङ्तान, मकवानपुरगढी गाउँपालिकामा अध्यक्षमा बिदुर हुमागाईँ, उपाध्यक्षमा सन्तु थिङलाई उठाउने भएको छ।

यस्तै भीमफेदी गाउँपालिकामा अध्यक्षमा हिदम लामा, उपाध्यक्षमा पार्वती राना, इन्द्रसरोवर गाउँपालिकामा अध्यक्षमा देवकृष्ण पुडासैनी र उपाध्यक्षमा उमा लामा, कैलाश गाउँपालिकामा अध्यक्षमा नरेन्द्रलाल रिजाल र उपाध्यक्षमा सुकुमाया थिङ, राक्सिराङ गाउँपालिकामा अध्यक्षमा बाबुलाल स्याङतान र उपाध्यक्षमा सुन्तलीमाया प्रजा र मनहरी गाउँपालिकामा अध्यक्षमा एकराज उप्रेती र उपाध्यक्षमा सुजिता थिङलाई उठाउने निर्णय गरेको छ।

हेटौडा उपमहानगरपालिकाको मेयरमा अनन्तप्रसाद पौडेल र उपमेयरमा सुमित्रा काफ्लेलाई टिकट दिने निर्णय शुक्रबार नै भइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved