एमालेले काठमाडौंको मेयरमा स्थापित र उपमेयरमा डंगोललाई उठाउने

नेपालभ्युज

एमालेले काठमाडौंको मेयरमा स्थापित र उपमेयरमा डंगोललाई उठाउने

काठमाडौं । नेकपा (एमाले) ले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उठाउने निर्णय गरेको छ। त्यस्तै उपमेयरमा पूर्वमिस नेवा: सुनिता डंगोललाई उठाउने निर्णय गरेको छ।

आज दिनभरजसो यसबारे अध्यक्ष केपी शर्मा ओली निवासमा बैठक बसेको थियो। बैठकमा सहभागी एक नेताले यसबारे पुष्टि गरेका हुन्। स्थापित २०५४ सालमा एमालेबाट काठमाडौंको मेयर निर्वाचित भएका थिए। उनलाई विकासप्रेमी जनप्रतिनिधि मान्ने गरिन्छ।

डंगोल सन् २०११ की मिस नेवाः हुन्। उनलेे  केही दिनअघि घोषणापत्र नै सार्वजनिक गरी मेयरमा स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरिसकेकी छन्।

यता सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले प्रकाशमान सिंहपत्नी सिर्जनालाई उम्मेदवार बनाउने भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved