गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान शुरु

मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल) सञ्चालनमा आएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको विमानस्थलमा बिहीबारदेखि व्यावसायिक उडान शुरु भएको हो। यसको २०७१ माघमा शिलान्यास भएको थियो।

नेपालभ्युज

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान शुरु

काठमाडौं। मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल) सञ्चालनमा आएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको विमानस्थलमा बिहीबारदेखि व्यावसायिक उडान शुरु भएको हो। यसको २०७१ माघमा शिलान्यास भएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७० वर्षपछि नयाँ अन्तर्राष्ट्रिय विमानस्थल थपिएको हो। काठमाडौंको त्रिभुवन विमानस्थलले कोरोनाअघिसम्म वार्षिक ७२ लाख यात्रुको भार वहन गरेको थियो। अहिले गौतमबुद्ध विमानस्थलले वार्षिक २० लाख र दोस्रो टर्मिनल भवन निर्माणपछि वार्षिक करिब ७० लाख यात्रुलाई सेवा दिन सक्ने बताइएको छ। यो विमानस्थलको लागत ३१ अर्ब पुगेको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्नका लागि जजिरा एयरले अनुमति पाएको छ। कुवेतको एयर जजिरालाई पहिलो उडान अनुमति दिइएको प्राधिकरणका प्रवक्ता कर्णले जानकारी दिए।

यसमा पनि पुरानै हवाई मार्ग सिमरा नै प्रयोग हुने भएको छ। हाल ९० प्रतिशत अन्तर्राष्ट्रिय उडान सिमरा हुँदै काठमाडौं भित्रिने गरेका छन्। चीनबाट आउने विमान सगरमाथा आसपास क्षेत्र र भुटानबाट आउने विमान मेची हुँदै नेपाल प्रवेश गर्छन्। बाहिरिने हवाई रुट भने सिमरा, विराटनगर, जनकपुर, महेन्द्रनगर र भैरहवाको आकाश मार्ग हो।

प्रायः एउटै रुटबाट आगमन हुँदा हवाई ट्राफिक जामका साथै उडान तालिका प्रभावित र लामो समयसम्म आकाशमै विमान ‘होल्ड’ गर्नुपर्ने बाध्यता छ। थप रुट उपलब्ध भएको अवस्थामा व्यवस्थापन गर्न सहज हुने प्राधिकरणले बताउँदै आएको छ। नेपालले सात वर्षदेखि भैरहवा, महेन्द्रनगर, नेपालगन्ज र जनकपुरको आकाश प्रयोगका लागि भारत सरकारसँग छलफल गर्दै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved