काठमाडौं आइपुगे विश्व स्वास्थ्य संगठनका महानिर्देशक

नेपालभ्युज

काठमाडौं आइपुगे विश्व स्वास्थ्य संगठनका महानिर्देशक

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौं आइपुगेका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी काठमाडौं आइपुगेका हुन्।

यसअघि भारत भ्रमणमा रहेका उनी भारतीय बाटो हुँदै काठमाडौं आइपुगेका हुन्।

तीनदिने भ्रमणका क्रममा नेपाल आएका उनी आज बेलुकी स्वास्थ्यमन्त्री खतिवडाले आयोजना गरेको रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

कोभिड महामारीमा काम गरेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र एउटा कुनै प्राथमिक स्वास्थ्य केन्द्रको पनि भ्रमण उनले गर्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved