पाकिस्तानमा ३७ सदस्यीय नयाँ मन्त्रीमण्डल गठन

नेपालभ्युज

पाकिस्तानमा ३७ सदस्यीय नयाँ मन्त्रीमण्डल गठन

ईस्लामावाद। किस्तानका ३७ सदस्यीय नयाँ मन्त्रीमण्डल गठन भएको छ। मन्त्रीमण्डलका ती सदस्यलाई मङ्गलबार सपथ गराइएको छ। पाकिस्तानका कार्यबाहक राष्ट्रपति सादिक सान्ज्रानीले सपथ गराएका हुन्।

पाकिस्तानको प्रधानमन्त्रीमा शेहबाज शरिफ निर्वाचित भएपछि गठित नयाँ मन्त्रिपरिषदको सदस्यका रुपमा उनीहरुलाई नियुक्त गरिएको जनाइएको छ। उनीहरुमध्ये ३१ जना मन्त्री, तीन जना राज्य मन्त्री र बाँकी तीनजना प्रधानमन्‍त्रीका सल्लाहकार हुन्।

राष्ट्रपति अरिफ अल्भीले सपथ गराउन अस्वीकार गरेपछि केही दिन पछाडि सारेर सपथ गराइएको हो। प्रधानमन्त्री शरिफ यही अप्रिल ११ मा निर्वाचित भएका थिए। उनलाई गठवन्धनका अन्य दलहरुको पनि समर्थन रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved