रियल मड्रिड विजयी, सेभिया ३-२ ले पराजित

नेपालभ्युज

रियल मड्रिड विजयी, सेभिया ३-२ ले पराजित

काठमाडौं। स्पेनिस ला लिगा फुटबलमा लिग लिडर रियल मड्रिड विजयी भएको छ। आइतबार राति सेभियाको घरेलु मैदानमा मड्रिड ३-२ गोलअन्तरले विजयी भएको हो। २ गोलले पछि परिसकेको अवस्थामा रियलले उत्कृष्ट पुनरागमन गर्दै जित सुनिश्चित गरेको हो।

सेभियाले २-० को अग्रता बनाए पनि जोगाउन सकेन। उसका लागि इभान राकाटिकले खेलको २१ औं मिनेटमा उत्कृष्ट फ्रिकिक गर्दै अग्रता दिलाएका थिए। त्यसको ३ मिनेटपछि इरिक लामेलाले गोल गर्दै सेभियालाई २-० को अवस्थामा पुर्‍याएका थिए। पहिलो हाफमा २-० ले पछि परे पनि रियलले दोस्रो हाफमा तीन गोल गर्न सक्यो। रियलका लागि रोड्रिगो, नाचो र करिब बेन्जेमाले गोल गरे।

जितपछि रियलले लिगमा शीर्षमा बलियो पकड कायम राखेको छ। ३२ खेलपछि रियलले ७५ अंक बनाएको छ। सेभिया भने पछिल्लो समय हारबाट गुज्रिरहेको छ। उसले समाना खेलबाट मात्र ६० अंक बनाएर तेस्रो स्थानमा छ। बार्सिलोनाको पनि समान अंक भए पनि गोलअन्तरका आधारमा ऊ तेस्रो स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved