स्थानीय निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन गर्दैनौँ, आफ्नै बलबुताले जित्छौँ : लिङ्देन

नेपालभ्युज

स्थानीय निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन गर्दैनौँ, आफ्नै बलबुताले जित्छौँ : लिङ्देन
फाइल तस्वीर

जनकपुरधाम। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने बताएका छन्।

आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष लिङ्देनले राप्रपा आफ्नै बलबुतामा स्थानीह तह निर्वाचनमा जनताबीच जाने र कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने स्पष्ट पारे।

लिङ्देनले अगाामी निर्वाचनमा पार्टीले अधिकांश स्थानमा जित हासिल गर्ने उनले दाबी गर्दै चुनावमा राम्रो परिणाम प्राप्त हुने विश्वास व्यक्त गरे।

लिङ्देनले राप्रपाले मौका पाउनेबित्तिकै नेपालमा राजसंस्था ल्याउने र हिन्दु राष्ट्रसमेत घोषणा गर्ने बताए। उनले भने, “राप्रपाले चाहेर हुने भए र ल्याउन सक्ने भए राजालाई नारायणहिटीमा ल्याउने र हिन्दू राष्ट्र आजै पुनर्स्थापना गर्ने थियो।”

अध्यक्ष लिङ्देनले राजसंस्था स्थापनाको निम्ति उपयुक्त वातावरण बनाउने काममा लागिपरेको र मौका आउनेबित्तिकै राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापना हुने बताए। उनले नयाँ सम्झौताअन्तर्गत राष्ट्रप्रमुख वा अभिभावकीय संस्थाको रूपमा राजसंस्था रहने र जनताबाट निर्वाचित जनप्रतिनिधिले देशको शासन व्यवस्था चलाउने नीति राप्रपाको रहेको जनाए।

धनुषाको वीरेन्द्रबजारमा आज पार्टी प्रवेश एवं स्थानीय तह निर्वाचनकेन्द्रित कार्यक्रममा सहभागी हुन लिङ्देन यहाँ आएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved