अनमोल केसी र केकी अधिकारी पनि विभूषित

अभिनेता अनमोल केसी र नायिका केकी अधिकारी पनि राष्ट्रपतिमार्फत विभूषित भएका छन्।

नेपालभ्युज

अनमोल केसी र केकी अधिकारी पनि विभूषित

काठमाडौं। अभिनेता अनमोल केसी र नायिका केकी अधिकारी पनि राष्ट्रपतिमार्फत विभूषित भएका छन्। संविधान दिवसको अवसरमा हरेक वर्ष सरकारले प्रदान गर्ने विभूषण लिस्टमा परेका उनीहरू २०७९ वर्ष शुरु भएको दिन आज (बिहीबार) सम्मानित भएका हुन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषण प्रदान गरेकी हुन्।

कलाकारिताको क्षेत्रबाट मुलुकमा योगदान गरेको भन्दै सरकारले पदकमार्फत सम्मान गरिएको जनाइएको छ। मन्त्रिपरिषद्को सिफारिसमा यो वर्ष ९ सय ३ जना मानपदवी र विभूषित भएका छन्।

नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मान पदवीका लागि देशको राजनीतिक, आर्थिक, सामाजिकलगायत विविध क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तिलाई पदकका लागि सिफारिस गरेको थियो।

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई नेपाल रत्न प्रदान गरिएको छ। मन्त्रिपरिषद्का पूर्वअध्यक्ष सुवर्ण शमशेर राणा र पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्र गौरव पदवी दिइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved