एमाले र परिवार दलबीच चुनावी गठबन्धन

नेपालभ्युज

एमाले र परिवार दलबीच चुनावी गठबन्धन

काठमाडौं । नेपाल (एमाले) र नेपाल परिवाल दलले स्थानी तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका छन्।

बुधबार एमाले र परिवार दलबीच पाँचबुँदे सहमति भएको हो।

एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलले हस्ताक्षर गरेको सहमतिपत्रमा परिवार दलले आफ्ना उमेदवार नभएका सबै ठाउँमा एमालेलाई सघाउने उल्लेख छ। परिवार दलले आउँदो स्थानीय तह निर्वाचनमा ‘सूर्य’ चिह्न लिएर चुनावमा जाने पनि सहमति भएको छ।

परिवार दलका हालका अध्यक्ष एकनाथ ढकाल हुन्। उनी डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा गरिबी निवारण तथा सहकारी मन्त्री भएका थिए।

यो पनि

एमाले र राप्रपा नेपालबीच गठबन्धन, सूर्य चिह्नबाट चुनाव लड्ने


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved