आरजू देउवाले पनि बाँडिन् भूमिहीनलाई जग्गाधनी पूर्जा

नेपालभ्युज

आरजू देउवाले पनि बाँडिन् भूमिहीनलाई जग्गाधनी पूर्जा

धनगढी। धनगढी उपमहानगरपालिका-९ मा भूमिहीनलाई जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गरिएको छ। शुक्रबार नेपाली कांग्रेसकि नेतृ आरजु राणा देउवाले जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गरेकी हुन्।

सुदूरपश्चिममै पहिलोपटक भूमीहीन २१ दलित परिवारहरूलाई जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गरिएको हो।

त्यहाँ उनले कांग्रेसले भूमिहीन परिवारलाई बसोबासका लागि जग्गा उपलब्ध गराउने उद्घोष गरेको बताउँदै पहिलो चरणमा भूमिहीन दलितलाई जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गरिएको जानकारी दिइन्।

उनले क्रमबद्ध रूपमा अन्य भूमिहीनहरुलाई समेत जग्गाधनी दर्ता प्रमाणपत्र उपलब्ध गराउने बाचा गरिन्। जग्गाधनी दर्ता प्रमाणपत्र वितरण कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड लगायतको उपस्थिति थियो।

नेकपा माओवादी केन्द्र केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि हिजो २३ चैतमा चितवनको भरतपुर महानगरपालिकामा सुकुमबासीहरूलाई जग्गाधनी पूर्जा बाँडेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved