राप्रपा प्रदेशस्तरीय विस्तारित बैठक सम्पन्न

यी सबै सभामा केन्द्रीय अध्यक्ष, शीर्षनेताको सहभागिता हुने बताइएको छ। अधिकांश जिल्लामा बैठक तथा सभा सम्पन्न भएका छन्।

नेपालभ्युज

राप्रपा प्रदेशस्तरीय विस्तारित बैठक सम्पन्न
फाइल तस्वीर।

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै प्रदेशमा विस्तारित बैठक सम्पन्न गरेको छ। उक्त बैठक सकिएलगत्तै बागमती प्रदेश कार्यसमितिले यही २५ चैतमा काठमाडौंमा आमसभा गर्ने भएको छ।

चुनावी प्रचार–प्रसारका लागि देशका विभिन्न स्थानमा राजनीतिक गतिविधि सञ्चालन गरिएको पार्टीका महामन्त्री भुवन पाठकले जानकारी दिए। पार्टीका सबै जनवर्गीय सङ्गठनलाई चुनावी प्रचारका साथै सङ्गठन विस्तारको जिम्मेवारी दिइएको छ।

पार्टीले सबै जिल्लामा सभा तथा जिल्लास्तरीय बैठक गर्ने कार्यतालिकाअनुसार यही २६ चैतमा झापाको दमक, २७ गते मकवानपुरको हेटौँडा, २८ गते बाराको कलैया र २९ गते पर्साको वीरगञ्जमा सभा गर्ने भएको छ।

यी सबै सभामा केन्द्रीय अध्यक्ष, शीर्षनेताको सहभागिता हुने बताइएको छ। अधिकांश जिल्लामा बैठक तथा सभा सम्पन्न भएका छन्।

स्थानीय तहको चुनावमा कुनै पनि दलसँग सहकार्य नगरी एक्लै प्रतिस्पर्धा गर्न पार्टीले देशभर उम्मेदवार छनोट गरिरहेको छ। यही चैत मसान्तभित्र उम्मेदवारको टुङ्गो लगाउने जनाइएको छ।

पार्टीको स्थानीय तहको सङ्गठनलाई स्वच्छ छवि भएका, सङ्गठनप्रति समर्पित, स्थानीय जनताको मन जितेर लोकप्रिय बनेका, निर्वाचनमा विजय हुने सम्भवाना बोकेका नेतालाई उम्मेदवारका रूपमा केन्द्रमा सिफारिस गर्न जिम्मेवारी प्रदान गरिएको नेता सुन्दर पाण्डेले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved