काउन्सिललाई ऋषि धमलाको जवाफ : जनतालाई छिटो समाचार दिँदा गल्ती भयो

धमलाले त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्कँदा आइतबार साँझ जहाजभित्रैबाट प्राइम टाइम्स टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरेका थिए।

नेपालभ्युज

काउन्सिललाई ऋषि धमलाको जवाफ : जनतालाई छिटो समाचार दिँदा गल्ती भयो

काठमाडौं। पत्रकार ऋषि धमलाले प्रेस काउन्सिल नेपाललाई स्पष्टीकरण पत्र पठाएका छन्। जहाजभित्रैबाट टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरेको विषयमा काउन्सिलले सोधेका प्रश्नहरुको धमलाले जवाफ पठाएका हुन्।

धमलाले स्पष्टीकरण पत्रमा जनतालाई छिटो समाचार दिँदा गल्ती भएको स्वीकारेका छन्। काउन्सिल स्रोतका अनुसार उनले हिजो बुझाएको पत्रमा आफ्नो गल्ती स्वकारेको र अब त्यस्तो दोहोरिन नदिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

धमलाले पत्रकार आचारसंहिताप्रति आफू पूर्ण प्रतिवद्ध रहेको स्पष्टीकरण पत्रमा उल्लेख गरेका छन्। उनले अबदेखि यस्ता विषयमा ध्यान दिने पनि उल्लेख गरेको काउन्सिल स्रोतले जनायो।

धमलाले त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्कँदा आइतबार साँझ जहाजभित्रैबाट प्राइम टाइम्स टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरेका थिए। जहाजका उडान कर्मचारीले रोक्न खोज्दाखोज्दै पनि उनले बलजफ्ती गरेका भिडिओ फुटेजहरु सामाजिक सञ्जालमा भाइरल भएका थिए।

उक्त घटनापछि प्रेस काउन्सिलले सुरक्षा संवेदनशीलताका कारण कर्मचारीले रोक्न खोज्दा धमलाले पत्रकार मर्यादाविपरीत कार्य गरेको स्वअनुगमनबाट पाइएको भन्दै स्पष्टीकरण सोधेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved