धनुषामा एक युवक मृत फेला

नेपालभ्युज

धनुषामा एक युवक मृत फेला

जनकपुरधाम। धनुषामा एक युवकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हंसपुर नगरपालिका ७ बस्ने १८ वर्षीय विजय महराको शव हत्या गरिएको अवस्थामा फेला परेको हो।

महराको शव सोही नगरपालिकाको वडा- ६ स्थित गहुँ खेतमा भेटिएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

उनका अनुसार महराको बायाँ आँखाको माथि निधारमा गोली लागेको छ।

यस्तै पछाडि ढाडमा दुई पटक चक्कुले प्रहार गरेको देखिएको उनले बताए। घटना स्थलको प्रकृति मुचुल्का उठाइ शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved