म्यादी प्रहरी छनोटका लागि मोरङमा लिखित परीक्षा शुरू

नेपालभ्युज

म्यादी प्रहरी छनोटका लागि मोरङमा लिखित परीक्षा शुरू

विराटनगर । म्यादी प्रहरी छनोटका लागि मोरङमा लिखित परीक्षा शुरू भएको छ। स्थानीय तह निर्वाचनअन्तर्गत मोरङ जिल्लाका लागि आवश्यक म्यादी प्रहरी छनौट गर्न शनिबार लिखित परीक्षाको प्रक्रिया अघि बढाइएको हो।

शारिरीक स्वास्थ्य परीक्षण लगायतका प्रक्रिया पूरा गरेपछि १० हजार १३४ जना मध्येबाट छनौट भइ आएका कुल ६ हजार ३ सय ७१ जना हाल परीक्षामा सहभागी छन्। विराटनगरस्थित सहिद रंगशालामा उनीहरुको लिखित परीक्षा भइरहेको छ।

२०७९ सालको निर्वाचनका लागि मोरङमा आवश्यक म्यादी प्रहरीहरुको स्वीकृत दरबन्दी ३ हजार ७ सय २७ हो । तर, गएको शुक्रबारसम्म माग भन्दा तेब्बर अर्थात् १० हजार १३४ जनाले म्यादीका लागि आवेदन दिएका थिए।

आवेदकहरुमध्ये चरणबद्ध परीक्षा पश्चात छनौट भई आएकाहरुको हाल लिखित परीक्षा भईरहेको छ। आवेदकहरु मध्येबाट म्यादी प्रहरी छनौटका लागि प्रमुख जिल्ला अधिकारीको संयोकत्वमा ६ सदस्यीय म्यादी छनौट तथा नियुक्ति समिति गठन गरिएको छ।

समितिले चैत्र १५ देखि २२ गतेसम्म म्यादी प्रहरी छनौट गरि अन्तिम नामावली प्रकाशन गर्नेछ। म्यादी प्रहरीका लागि छनौटमा परेकाहरुलाई चैत्र २८ गतदेखि १० दिने प्रशिक्षण प्रदान गरिने र छनौटमा परेकाहरु मध्येबाट २० प्रतिशतलाई वैकल्पिकमा राख्ने तयारी समेत रहेको मोरङका प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताएका छन्।

म्यादी प्रहरीलाई भने नेपाल प्रहरीको जवान सरह आधारभूत मासिक तलब रू. २२,६८० दिने सरकारको निर्णय छ।

निर्णयानुसार उनीहरुलाई खाद्यान्न बापत प्रतिव्यक्ति एकमुष्ठ रू. ७,२०० र पोशाक तथा अन्य सामान खरिदका लागि प्रतिव्यक्ति रू.. ६००० का दरले रकम उपलब्ध गराइनेछ।

निर्वाचनको क्रममा खटिने म्यादी प्रहरीलाई खटिएको ठाउँमा आउन र जाने तयारी स्वरुप प्रति म्यादी प्रहरी एक पटकको लागि रू. १००० का दरले तयारी खर्चसमेत उपलब्ध गराइने जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved