कांग्रेस निर्वाचन परिचालन समितिको पहिलो बैठक, केके विषयमा भए छलफल ?

नेपालभ्युज

कांग्रेस निर्वाचन परिचालन समितिको पहिलो बैठक, केके विषयमा भए छलफल ?

काठमाडौं। नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन परिचालनबारे पार्टीका प्रदेश सभापतिहरूसँग प्रारम्भिक छलफल शुरु गरेको छ।

पार्टी उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको स्थानीय तह निर्वाचन परिचालन समितिले चुनावी तालमेलका विषयमा केन्द्रित भएर प्रदेश सभापतिहरूसँग छलफल थालेको हो।

सत्तारुढ गठबन्धन दलहरूसँग चुनावी तालमेल गरेर जाने निर्णय पार्टीले गरेपछि त्यसलाई कसरी व्यवस्थित गरेर जाने भन्ने विषयमा केन्द्रित भएर प्रदेश सभापतिहरूसँग छलफल शुरु गरिएको पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए।

बैठकमा केन्द्र, प्रदेश, जिल्ला र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिबीच बलियो समन्वय गरी निर्वाचन परिचालनको कामलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पनि अन्तर्क्रिया भएको छ। सहमहामन्त्री पाण्डेले भने, “विशेषगरी स्थानीय तह निर्वाचन परिचालनका सन्दर्भमा यसलाई कसरी व्यवस्थित गर्ने र केन्द्रको प्रदेशसँगको समन्वय कसरी व्यवस्थित गर्ने, प्रदेशको जिल्लासँगको समन्वय, जिल्लाको निर्वाचन क्षेत्रसँगको समन्वय कसरी व्यवस्थित गर्ने ? भन्नेमा छलफल भयो।”

छलफलमा विशेषगरी निर्वाचनका क्रममा टिकट वितरण गर्ने ठाउँहरू केन्द्र, प्रदेश, जिल्ला र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समिति, उनीहरूका बीचमा समन्वयको स्थिति कसरी निर्माण गर्ने भन्नेमा छलफल भएको पाण्डले बताए।

सत्तागठबन्धनमा भएका राजनीतिक दलहरूको चुनावी तालमेलबारे र त्यसका जटिलताहरूबारे पनि प्रारम्भिक छलफल भएको उनले बताए।

नेपाली कांग्रेसको हालै सम्पन्न केन्द्रीय कार्य समिति बैठकले स्थानीय तह निर्वाचन परिचालन गर्न उपसभापति खड्काको नेतृत्वमा समिति गठन गरेको थियो। समितिका सदस्यसमेत रहेका पाण्डेले बैठक सोही विषयमा केन्द्रित भएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved