चीनसँग भएको ९ बुँदे सम्झौताविरुद्ध जनकपुरमा प्रदर्शन

नेपालभ्युज

चीनसँग भएको ९ बुँदे सम्झौताविरुद्ध जनकपुरमा प्रदर्शन

जनकपुरधाम। चीनसँग भएको ९ बुँदे सम्झौता खारेजीको माग गर्दै मधेश प्रदेशको राजधानी जनकपुरधाममा आइतबार प्रदर्शन भएको छ।

राष्ट्रिय एकता अभियानका कार्यकर्ताले स्थानीय जनक चोकमा चीनसँगको सम्झौताविरुद्ध प्रदर्शन गरेका हुन्। उनीहरूले ‘नौ बुँदे सम्झौता धोखा हो, चिनियाँ विस्तारवाद ढोका हो।, बीआरई सम्झौता सार्वजनिक गर, चिनियाँ विस्तारवाद मुर्दावाद’लगायत नारासहित प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीले सोही क्रममा चीनसँग भएको सम्झौतामा आगो लगाएर जलाएका छन्। अभियानका अध्यक्ष विनय यादवले चीनले नेपालमा विस्तार गरेर सैन्य गतिविधि बढाउन खोजेको आरोप लगाए।चीनका विदेश मन्त्री वाङ यी नेपाल भ्रमणमा आएको बेला नौ बुँदे सम्झौता भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved