‘कांग्रेस, माओवादी र एमालेलाई भोट दिएर देश बन्छ भन्नु मूर्खता हो’

नेपालभ्युज

‘कांग्रेस, माओवादी र एमालेलाई भोट दिएर देश बन्छ भन्नु मूर्खता हो’

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री शेरबहादुर देउवाले अबको कति समयमा देश बनाउन सक्छन् भन्ने प्रश्नको उत्तर दिन नेपाली काँग्रेसका नेताहरूलाई चुनौती दिएका छन्।

शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले कति समयमा देश बनाउन सक्छन् भन्ने प्रश्नको उत्तर उनीहरूसँग नै नभएको बताए।

आगामी निर्वाचनमा भ्रष्ट नेतालाई भोट नदिने हो भने त्यो सजाय खुकुरी र तरबार चलाएभन्दा ठूलो हुने बताए।

अध्यक्ष लिङ्देनले ३१ वर्षसम्म नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नै सरकार चलाइरहेको भन्दै अब पनि उनीहरूलाई नै जिताएर देश बन्छ भन्नु मूर्खता भएको बताए। आफ्नो पार्टीले ५ वर्षमात्रै देशको नेतृत्व पाए देशको मुहार फेर्ने गरी काम गर्ने दाबी पनि उनले गरे।

अध्यक्ष लिङ्देनले जनताको हातमा पुनः शक्ति आउन लागेको भन्दै मतरुपी शक्तिलाई उचित सदुपयोग गर्न आग्रह गरे। कांग्रेस, एमाले र माओवादीप्रति दक्षित गर्दै साँढेको टाँगमुनि बाल्टी थापेर दुध नआउने पनि बताए।

अध्यक्ष लिङ्देनले मुलधारमा रहेको पार्टीहरूको दिमाग बाँझो भइसकेको भन्दै जति भोट दिए पनि उनीहरूले देश नबनाउने दाबी गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved